About Us

About Us

मण्डलीको इतिहास अनि यात्रा

मण्डलीको शिर हाम्रा महामहिम येशू ख्रीष्ट हुनुहुन्छ । उहाँ नै हाम्रो NRNC मण्डलीको जग हुनुहुन्छ र उहाँले नै हाम्रो मण्डलीलाई अगुवाई गरिरहनुभएको छ । यसको एउटा अभिन्न अङ्ग हुनु पाउदा हामी उहाँप्रति कृतज्ञता ज्ञापन पनि गर्दछौ । कामको सिलसिलामा हामी आबुधाबी आएका थियौ र माछा पानीविना बाँच्न सक्दैन भने झैँ हामीहरू पनि सङ्गती बेघर बस्न सकेनौँ। हामीले सङ्गती गर्ने ठाउँ सन् १९९९ बाट नै खोज्ने कार्यलाई तिव्रता गर्यौ र अन्ततः सन् २०००, अगष्टमा हामीले अंग्रेजी भाषाको सङ्गतीमा जोडिने अवसर पायौँ। हामी निरन्तर सोही सङ्गतीमा जान थाल्यौं र नेपालीहरुको उपस्थित संख्या पनि परमेश्वरले निरन्तर बढाउनु भयो । फलतः स्वर्गीय पा.दानिएल ग्रिमरको मातहतमा हामीले नेपाली भाषी सङ्गती गर्ने अवसर सन् २००१ बाट “आबुधाबी इभान्जेलिकल चर्च ” को माथिल्लो तलाको सानो कोठाबाट सुरुवात गर्यौं । आफ्नो नेपाली भाषामा स्वतन्त्रपूर्वक सँगति गर्न परमेश्वरको अगुवाइमा प्रार्थना सहित २००८, २९ फेव्रुवरी शुक्रवारका दिन लुलु आइल्याण्डमा साप्ताहिक आराधना सेवा प्रार्थना सहित मण्डलीको नामकरण “नव जागृति नेपाली संङ्गति” नाममा नामाकरण भएको थियो । आवुधावी ईभान्जेलिकल चर्च को मातहातबाट बाहिरा निस्केर आफ्नै व्यावस्थानपन, स्रोत, साधन र हल भाडामा लिई  सन् २००९, १४ अगस्त, शुक्रबारको दिन देखि स्वतन्त्ररुपमा नेपाली भाषी संङ्गति सुरु भयो ।

यो समयसम्म आइपुग्दा हामीले हाम्रो मण्डलीमा कुनै पनि औपचारिक रुपमा पाष्टर, एल्डर,डिकन अभिषेक गरिएको थिएन त्यसैले सन् सन् ६ नोभेम्वर, २००९ शनिबार को दिन जावेलअलिको क्राइष्ट चर्चमा भएको NOCF को पाचौं वार्षिक सम्मेलनको अवसरमा नेपालबाट पाल्नु भएका विशिष्ट परमेश्वरका सेवक विशप नारायण शर्मा ज्युद्वारा हाम्रो मण्डलीको लागि पास्टर सेवाकाईमा श्याम गुरुङ ज्युलाई, एल्डर सेवकाईमा सोम के.सी ज्यु र विरमान वि=एम राई ज्युलाई, डिकनीय सेवकाईमा दल बहादुर -डि=वी) गजमेर ज्यु र बम बहादुर थापा मगर (सुनिल) ज्युलाई अभिषेकको आशिषले भरिपूर्ण पारिदिनु भयो । पहिलो चोटी मण्डलीले अभिषिक्त, उहाँको जस्तै मन भएको जनहरु हामीमाझ सार्वभौमिक परमेश्वरले दिनुभयो । नेपालीहरु आफ्नै परिवेश, भाषा, शैली र परमेश्वरको भरपुर आशिषले आफ्नै श्रोतमा एउटै मन लिएर, एक साथ भेला भई परमेश्वरलाई महिमा प्रशंसा दिन सक्यौं । मण्डलीको प्रशासनिक र व्यवस्थापकिय कार्यभारको निम्ति “व्यवस्थापन समिती” को आवश्यकता रहेको हुँदा सन् २००९ को अन्त्य तिर व्यवस्थापन समितीको गठन भयो । जसमा समितीको लागि अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, सह–कोषाध्यक्ष, सचिव, सहसचिव र सदस्यहरु सहित गरि जम्मा १४ जनाको मण्डली व्यवस्थापन समितिको गठन भयो ।
हाम्रो मण्डलीको इतिहासलाई फर्केर हेर्दा उहाँको प्रगाढ प्रेम हामीमा अविरल बगिरहदा कुनै शब्दले बयान गर्ने शब्द नै पाइन । परमेश्वरले आफ्नो अनुग्रहमा हाम्रो मण्डलीलाई निरन्तर बढाउनु भयो। सुरुवाती दिनहरुलाई हेर्दा अनौपचारिक रुपमा सन् २००० अगष्टबाट हामीले सुरु गर्दै गर्दा पा=युवराज राई, पा= पावल राई, आदरणीय रामलाल वि= क भाई र पा= गोपाल पुलामी मगर ज्युहरु मिली थालनी गरिरहदा परमेश्वरले आफ्नो अद्भुत कार्य हामीहरूको माझमा एक पछि अर्काे गरिकन प्रस्फुटन गर्नु भयो। औपचारिक रुपमा सन् २००१ बाट हामीले आबुधाबी सहरको “अबुधाबी इभान्जेलिकल चर्च” मा अंग्रेजी भाषाको सङ्गतीमा जोडिने अवसर दिनुभयो । विदेशी भूमिमा काम गर्न आएका थियौ, हाम्रो योजना अर्कै थियो हाम्रा उद्धारकको अर्कै योजना थियो। उहाँमा हुर्कने र बढ्ने काममा हामीलाई तल्लिन हुन दिन व दिन सिकाउनु भयो।जसको कारण परमेश्वरले हाम्रो नेपालीहरुको संख्यात्मक वृद्धि गर्नुभयो । उक्त मण्डलीका स्वर्गीय पा=दानिएल ग्रिमरले सो कुराको आभाष गरि हामीलाई उक्त मण्डलीको माथिल्लो तलामा नेपाली भाषामा सङ्गती गर्ने अनुमति दिनुभएको कुरालाई स्वर्ण अक्षरले लेख्दा पनि सायद अपुरै हुन्छ होला। पवित्र आत्माको आगोले जागरुक मण्डली परिवार निरन्तर बढिरहदा सन् २००९,१४ अगष्टबाट शुक्रबारको दिन अबुधाबीमा रहेको EDUSCAN SCHOOL को एउटा सानो हल भाडामा लिएर हामीले साप्ताहिक सङ्गति सुरुवात गर्यौं । उक्त स्थान हाम्रो लागि एकदमै सानो भयो किनकि परमेश्वरले उहालाई प्रेम गर्ने र उहाँको निम्ति जिउने कोसे ढुङ्गाहरु खडा गर्दै हुनुहुन्थ्यो।सो ठाउँमा नअटाएर हामीले प्रार्थना सहित ठाउँहरु खोज्यौं र परमेश्वरले हामीलाई BITE RITE RESTAURANT को ठूलो ब्यङ्क्वट हल जुटाउनु भयो । सोही हलमा हामीले डेढ देखि दुई बर्षसम्म सेवा सङ्गती संचालन गर्यौ । यू.ए.ई देशको कानून अनुरुप हामीले मान्यता प्राप्त मण्डलीमा मात्र सेवा सङ्गती गर्न पाउने हुदाँ हामीले प्रार्थना सहित निवेदन “अबुधाबी इभान्जेलिकल चर्च“ र “ब्रेथ्रेन चर्च सेन्टर“मा पेश गरेका थियौं। अन्ततः परमेश्वरले हाम्रो प्रार्थना सुन्नु भयो र हामीले अबुधाबी सहरबाट ४० कि.मी.टाढा मुस्साफामा रहेको “ब्रेथ्रेन चर्च सेन्टर“ मण्डली भवनमा हामीले ठूलो हल पाएर सन् २०११ बाट हामीले यू.ए.ई देशको कानुन अनुरुप मान्यता प्राप्त ठाउँमा आज सम्मनै साप्ताहिक सङ्गति ढुक्कले गर्न पाइरहेकोमा उहाँ परमेश्वरप्रति असंख्य धन्यवादका भावहरू उर्लि आउदछ ।

१ कोरिन्थी ३ः६,७ पदानुसार,“मैले रोपें, अपोल्लोसले पानी हाले, तर परमेश्वरले नै बढ़ाउनुभयो । ७ यसकारण रोप्ने केही होइन, न पानी हाल्ने केही हो, तर परमेश्वर मात्र, जसले वृद्धि दिनुहुन्छ।”
यस पदले भनेझैँ हाम्रा दिग्गज जनहरुले आफ्नो ज्यान परमेश्वरको निम्ति निक्षावर गरि यस जिवित मण्डलीलाई यहाँसम्म लिएर आउनु भएको छ परमेश्वरको अनुग्रहमा  अन्तयसम्मै लानुहुन्छ भन्ने कुरामा हामी विस्वस्त छौ। परमेश्वरले आफ्नो कार्य निरन्तर बढाउदै जानु हुदाँ हामीले हाम्रो मण्डलीमा अझै सक्रिय व्यक्तिहरूलाई उहाँको सेवामा समाहित गर्ने अवसर प्रदान गर्नु भयो।सन् २०११ मा NOCF द्वारा आयोजित सातौँ सम्मेलनमा जो अवुधावीको साविया अवस्थित EMIRATES INTERNATIONAL FUTURE ACADEMY स्कूलको हलमा, नेपालबाट पाल्नु भएका अति नै आदर योग्य तथा विनम्र नेपाल इसाई मण्डलीका स्वर्गीय पा शामुएल कार्थक ज्युद्वारा पास्टर सेवाकाईमा सोम के.सी ज्यु र विरमान राई विएम ज्युलाई, एल्डर सेवकाईमा दल बहादुर गजमेर -डि=बी_ ज्यु र बम बहादुर थापा मगर -सुनिल) ज्युलाई, डिकन सेवकाईमा गोपाल पुलामी मगर ज्यु र रतन महतरा ज्युहरुलाई अभिषेक मागिदिनु भयो। सन् २०१५ सम्ममा आईपुग्दा मण्डलीले आफ्नै मण्डलीको सेवा कार्यको सहजताको लागि गाडी लिन सक्ने बनाउनु भएकोमा परमेश्वरलाई स–हृदय धन्यवाद।  सन् २५ डिसेम्वर, २०१५ मा आवुधवीको अल नाहदा स्कूलको हलमा भएको एन= ओ= सि= एफ्= को एघारौँ सम्मेलनमा पाष्टर लाजरस थुलुङ्ग ज्यूद्वारा यू=ए=ई= का नेपाली मण्डलीका पाष्टर ज्यूहरु, अगुवाज्यूहरु र सम्पूर्ण मण्डलीका विश्वासी जनहरुको उपस्थितीमा पाष्टर, एल्डर, डिकन को सेवाकाईका लागि पास्टरमाः डिबी गजमेर र सुनिल थापा मगर, एल्डरमाः रतन महतरा, कमल थापा, अमृत पुन, डिकनमाः, राजकुमार पुन, संजय परियार अभिषेक हुनु भएको  थियो ।
परमेश्वरले आफ्नो कार्य द्रुत गतिमा अगाडि बढाउनु भयो फलस्वरूप सन् १२ अगस्त २०१६ शुक्रबारका दिन  परमेश्वरले फेरी पनि नयाँ व्यक्तिहरूलाई सेवाकाईमा डोर्याउनु भयो । नव जागृति नेपाली मण्डलीको १६औ वार्षिकोत्सवमा यू.ए.ईमा नै रहेका नेपाली मण्डलीका आदरणिय पाष्टरहरु मिली पास्टर सेवकाईमा गोपाल पुलामी मगर ज्युलाई, एल्डर सेवकाईमा रुईस झुण्डका पावल राई ज्युलाई अभिषेक गरियो । सेवकाईको दौरान परमेश्वरले हाम्रो मण्डलीलाई अनगिन्ती आशिषले भरपुर पार्नु भएको देख्दा हाम्रा मुखबाट धन्यवाद नदिईरहन सक्दै सक्दैन। सन् २०२०, जनवरी १ बाट यू.ए.ई देशको कानुन अनुसार पूर्णकालीन पास्टर सेवाकाईमा हाम्रो आदरणीय पा.गोपाल पुलामी मगर ज्युलाई पाउनु झनै हाम्रो लागि सुनमा सुगन्ध थपे झैँ भएको छ। यहाँको सरकारको कानुनले हरेक मण्डलीको आफ्नै पूर्णकालीन पास्टर सेवकाईमा हुनु पर्ने नियमले गर्दा हाम्रो मण्डलीमा ठूलो बज्रपात परेको थियो तर उक्त परिस्थितिबाट परमेश्वरले हामीलाई उम्काउनु भयो । जसको लागि परमेश्वरलाई कोटी कोटी धन्यवाद र यस विषम परिस्थितिमा हाम्रो साथमा उभिकन हामीलाई थप हौसला थपिदिनु भएकोमा लोगस बाइबल कलेज तथा उक्त कलेजको प्रिन्सिपल आदरणीय रेभरेन हेमसागर रसाइली ज्युप्रति मण्डली सदैव आभार रहनेछ।
यो समयसम्म आइपुग्दा परमेश्वरको कृपाले हाम्रो मण्डलीलाई गन्नै नसक्ने आशिष दिनुभएको कुरामा कुनै दुइमत नहोला । हाल हाम्रो मण्डलीमा ड्युटीको कारण हप्तामा ३ दिन सेवा सङ्गती संचालन भईरहेको छ। शनिबार, आइतबार र सोमबार गरी सप्ताहको ३दिन हुने गर्दछ । शनिबार बेलुकी ५:३०– ७:३० सम्म सङ्गतीको लागि ठूलो बस ८ वटा अबुधाबी सिटीको प्रत्येक कुनाबाट,२ माइक्रो बस र २५ भन्दा बढी व्यक्तिगत गाडीबाट आई सेवासङ्गतीमा सहभागी भईरहनु भएको छ ।लगभग ३०० देखि ४०० जना भेला भई प्रत्येक शनिवार परमेश्वरको महिमा गर्ने गर्दछौ। आइतबार दिउँसो ३–५ सम्म ठूलो बस २ वटा र १ माइक्रो बस तथा ६ वटा भन्दा बढी व्यक्तिगत गाडीबाट आई सेवासङ्गतीमा सहभागी भईरहनु भएको छ। लगभग ९० देखि १२० जना भेला भई प्रत्येक आइतबार परमेश्वरको महिमा गर्ने गर्दछौ। सोमबार बेलुकी ५ः३०–७ः३० सम्म १ ठूलो बस र १ माइक्रो बस तथा ८ भन्दा बढी व्यक्तिगत गाडीबाट आई सेवासङ्गतीमा सहभागी भईरहनु भएको छ।लगभग ७० देखि १०० जना भेला भई प्रत्येक सोमबार परमेश्वरको महिमा गर्ने गर्दछौ। साथै हाम्रो मण्डलीले जवान सङ्गती महिनाको चौथो हप्ता(शनिबार)र सोमबार, अहिले जवानहरुको उपवास प्रार्थना हरेक महिनाको दोस्रो हप्ता पनि चलिरहेको छ । बाल सङ्गती प्रत्येक हप्ता, दिदीबहिनी सङ्गती महिनाको तेस्रो  हप्ता (शनिबार)र चौथो हप्ता (सोमबार), दिदीबहिनीहरु कै सारारात प्रार्थना हरेक महिनाको अन्तिम शुक्रबार हुदछ ।पाष्टर अगुवाहरको पनि सारा रात प्रार्थना हरेक महिनाको पहिलो हप्ताको शुक्रबार हुने गर्दछ ।  घरेलु सङ्गतीका झुण्डहरु,क्वाएरका झुण्डहरु,असरका झुण्डहरु,गाडि लिड गर्ने झुण्डहरु, फोटो ग्राफरका झुण्डहरु, प्रोजेक्टरका झुण्डहरु लगायतका थुप्रै आशिषले भरपुर पार्नु भएको छ। परमेश्वरले दिनुभएको यतिका विशाल आशिषलाई सहि मार्गनिर्देश गर्नको लागि हाम्रो मण्डलीमा १२ सदस्य व्यवस्थापन समिति पनि परमेश्वरले हामीलाई आशिषको रुपमा दिनुभएको छ।
मण्डलीले आफुले पाएको आशिष आफैमा मात्र सिमित नराखी विभिन्न ठाउँहरूमा सेवा गर्ने अवसरहरू प्रभुले दिनु भएको छ ।
 
यसरी नव जागृति नेपाली मण्डलीलाई परमेश्वरले संख्यात्मक, आर्थिक, भौतिक र आत्मिक क्षेत्रमा उकास्दै लानु भयो र यी सबै कुराको श्रेय हाम्रा महान् परमेश्वरलाई नै भएको होस्।यसको साथै मण्डली आशिषित हुनुमा यस मण्डलीका पास्टर, एल्डर, डिकन, अगुवा जनहरु तथा साङ्गीतिक झुण्डका भाइबहिनीहरुको योगदान रहेको छ । साथै मण्डलीका सबै विश्वासीहरुको आत्मिकी जोश, परमेश्वर प्रतिको निस्वार्थ प्रेम र मण्डलीप्रति समर्पित भएर परमेश्वरको सेवा गर्ने मन भएकोले पनि परमेश्वरले यस मण्डलीलाई अझ आशिषित तुल्याउनु भएको हो।
मण्डलीको उद्देश्यः
यूएईमा भएका सम्पूर्ण नेपाली विश्वासीहरूले आराधना सेवा गर्ने अवसर पाउन
अविश्वासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले परमेश्वरलाई चिन्ने अवसर पाउन
विश्वासीहरूलाई नेपालमा रहेका स्थानीय मण्डलीहरुसंग सेवकाईमा हातेमालो गर्न उत्साहित गराउने
अन्त्यमाः
यहाँसम्म लिएर आउनु भएको उनै परमेश्वरलाई मुरीमुरी धन्यवाद साथै आभार प्रकट गर्दछौं। आबुधाबी इभान्जेलिकल चर्च को सानो कोठाबाट सुरु भएर कहिले स्कूलको सानो कोठा त कहिले रेष्टुरेन्टको हल हुदै परमेश्वरले अहिले हामीलाई सबैकुराले भरिपूर्ण पारिदिनु भएको हलसम्म आईपुग्दा  भजनसंग्रह ३०ः५.ले भने झैँ “आँसु रातभरि मात्र बग्छ, तर बिहान आनन्द आउँदछ।” भएको छ। सुरुवातको दिनलाई याद गर्दा ३÷४ जना मिलेर स्थापना गरेका थियौं आज आउदा ५००–६०० भन्दा बढी विश्वासी जनहरु संग मिलेर सेवा सङ्गती गर्न पाउनु हाम्रो लागि साच्चै नै दुध र मह बहने स्थानमा स्थापित गर्नुभएझै आभाष हुन्छ।यी सबै कुराको तर्जुमा गरिदिनु भएको हाम्रा प्रेमी प्रभुको जय।
जयमसिह साथै धन्यवाद ।

Scroll to Top
New Revival Nepali Church