Welcome to New Revival Nepali Church

मण्डलीको शिर हाम्रा महामहिम येशू ख्रीष्ट हुनुहुन्छ । उहाँ नै हाम्रो NRNC मण्डलीको जग हुनुहुन्छ र उहाँले नै हाम्रो मण्डलीलाई अगुवाई गरिरहनुभएको छ । यसको एउटा अभिन्न अङ्ग हुनु पाउदा हामी उहाँप्रति कृतज्ञता ज्ञापन पनि गर्दछौ । कामको सिलसिलामा हामी आबुधाबी आएका थियौ र माछा पानीविना बाँच्न सक्दैन भने झैँ हामीहरू पनि सङ्गती बेघर बस्न सकेनौँ। हामीले सङ्गती गर्ने ठाउँ सन् १९९९ बाट नै खोज्ने कार्यलाई तिव्रता गर्यौ र अन्ततः सन् २०००, अगष्टमा हामीले अंग्रेजी भाषाको सङ्गतीमा जोडिने अवसर पायौँ। हामी निरन्तर सोही सङ्गतीमा जान थाल्यौं र नेपालीहरुको उपस्थित संख्या पनि परमेश्वरले निरन्तर बढाउनु भयो । फलतः स्वर्गीय पा.दानिएल ग्रिमरको मातहतमा हामीले नेपाली भाषी सङ्गती गर्ने अवसर सन् २००१ बाट “आबुधाबी इभान्जेलिकल चर्च ” को माथिल्लो तलाको सानो कोठाबाट सुरुवात गर्यौं ।

Weekly Fellowship

Join us for Fellowship:
Saturday : 5pm to 7pm – First Floor Main Hall
Sunday : 3pm to 5pm – Ground Floor – Hall – G4
Monday : 5pm to 7pm – Ground Floor – Hall – G4

Youth Ministry

सुरुवातमा हाम्रो मण्डलीमा युवाहरूको संख्या धेरै थोरै थियो । मण्डलीको प्रारम्भिक चरणमा धेरैजसो युवाहरू विदेशको व्यस्त जीवन, कामको दबाब, समय अभाव र आत्मिक कमजोरीका कारण मण्डलीमा सक्रिय हुन सकिरहेका थिएनन् । तर, हामीले कहिल्यै आशा छाडेनौं । हामीले नियमित रूपमा युवाहरूका लागि विशेष प्रार्थना गरिरह्यौं — परमेश्वरले युवाहरूको जीवनमा जागृति ल्याउनुहोस्, उनीहरूलाई आत्मिक रूपमा बलियो बनाउनुहोस्, र मण्डलीको भावी नेतृत्वका लागि प्रयोग गर्नुहोस् भन्ने हाम्रो प्रार्थना थियो ।

परमेश्वरले हाम्रो निरन्तर प्रार्थनालाई सुनिदिनुभयो । उहाँले आफ्ना विश्वासयोग्य सेवकहरूलाई उठाउनुभयो, जसले युवाहरूका लागि हृदयमा बोझ राखे । ती सेवकहरूको अगुवाइमा, “युवा सेवा” सुरु गरियो । आरम्भमा केही गनिने सक्ने युवाहरू मात्र सहभागी थिए, तर ती युवाहरू आत्मिक रूपमा प्रतिबद्ध, सेवामा समर्पित र अनुशासित थिए ।

Usher Ministry

सबैभन्दा पहिले हामी हाम्रो महान परमेश्वरलाई धन्यवाद दिन्छौं, उहाँले अहिले पनि NRNC मण्डलीलाई आफ्नो महान योजनामा अगाडि बढाइरहनुभएको छ । सन् 2000 देखि हालसम्म, यस मण्डलीमा धेरैजसो असर (Usher) टिमहरूले समर्पित रूपमा सेवा गरेका छन् । तीमध्ये केही सदस्यहरू समयसँगै आ–आफ्नो देश फर्किसकेका छन् भने केही अझै पनि यही मण्डलीमा असर लिडर र असरको सेवाकार्यको रूपमा सक्रिय छन् ।

यस यात्रामा मण्डलीको हरेक सेवामा उहाँको अद्भुत सहायता निरन्तर अनुभव गरिरहेका छौं । NRNC को स्थापना भएदेखि अहिलेसम्म उहाँ मण्डलीको असर सेवालाई आफ्नो महिमाका लागि प्रयोग गरिरहनुभएको छ । सुरुदेखि नै मण्डलीमा प्रार्थनाको आत्मा बोकी, परमेश्वरको घरलाई व्यवस्थित, शान्त र स्वागतपूर्ण बनाउने कार्यमा निरन्तर मेहनत गर्दै आइरहेका छौं ।

 

पास्टोरल टीम

मण्डलीलाई परमेश्वरको वचनद्वारा शिक्षा दिन, आत्मिक रूपमा अगुवाइ गर्न, हौसला प्रदान गर्न र सेवाकार्यमा सुसज्जित बनाउन समर्पित छ। हामी विश्वास गर्छौं कि प्रभु येशू ख्रीष्ट नै मण्डलीका सर्वोच्च गोठाला हुनुहुन्छ, र हामी उहाँको प्रेम, नम्रता र सेवाभावलाई पछ्याउँदै उहाँका जनहरूको सेवा गर्न बोलाइएका छौं।

हाम्रो चाहना प्रत्येक विश्वासीलाई परमेश्वरसँग गहिरो सम्बन्धमा बढ्न, विश्वासमा परिपक्व हुन, र सुसमाचारको गवाहीद्वारा संसारमा उज्यालो बन्न सहयोग गर्नु हो। कृपया हाम्रो मण्डलीका   पास्टर् का  लागि प्रार्थना गर्नुहोस् ताकि हामी बुद्धि, सत्यनिष्ठा र प्रेमसहित परमेश्वरको सेवामा विश्वासयोग्य रहन सकौं।

१ पत्रुस ५:२

२ तिमीहरूको देखरेखमा राखिएको परमेश्‍वरका बगालको हेरचाह गर। करले होइन तर स्‍वेच्‍छाले, धनको लोभले होइन तर उत्‍साहसाथ,

एफिसी ४:११-१२

११ अनि उहाँका वरदानहरूचाहिँ यी नै थिए, कि कोही प्रेरितहरू, कोही अगमवक्ताहरू, कोही प्रचारकहरू, कोही मण्‍डलीका पास्‍टरहरू र कोही शिक्षकहरू बनून्‌,

१२ कि ख्रीष्‍टको शरीर निर्माण होस्‌ र सेवाको काम गर्न सन्‍तहरू सुसज्‍जित होऊन्‌,

Som KC
Senior Pastor
Gopal Pulami
Pastor
Sunil Thapa
Pastor
Ujjal Gadal
Pastor
Kamal Thapa
Pastor
Ratan Mahatara
Pastor

घरेलु संगति सेवा House Fellowship

मण्डली स्थापना भएदेखि नै आत्मिक वृद्धि र विश्वासको सामूहिक अभ्यासका लागि घरेलु संगति (House Fellowship) सेवा निरन्तर सञ्चालनमा रहँदै आएको छ । प्रारम्भमा केही सीमित स्थानहरूमा सुरु गरिएको यो सेवा आज विभिन्न क्षेत्रहरू — Abu Dhabi, Tourist Club area, Electra Street, Khalidiya, Baniyas, Shabia, MBZ, Musaffah, ICAD, Shahama, China Camp, Mission Centre लगायतका ठाउँहरूमा फैलिसकेको छ । हाम्रो मण्डलीले घरेलु संगति सेवालाई विशेष प्राथमिकता दिँदै आएको छ । परमेश्वरको अनुग्रहले हालसम्म विभिन्न स्थानहरूमा घरेलु संगति सेवाहरू निरन्तर सञ्चालनमा छन् ।

 

Church Location

Musaffah – M24 – Abu Dhabi

Our Moments