सुरुवातमा हाम्रो मण्डलीमा युवाहरूको संख्या धेरै थोरै थियो । मण्डलीको प्रारम्भिक चरणमा धेरैजसो युवाहरू विदेशको व्यस्त जीवन, कामको दबाब, समय अभाव र आत्मिक कमजोरीका कारण मण्डलीमा सक्रिय हुन सकिरहेका थिएनन् । तर, हामीले कहिल्यै आशा छाडेनौं । हामीले नियमित रूपमा युवाहरूका लागि विशेष प्रार्थना गरिरह्यौं — परमेश्वरले युवाहरूको जीवनमा जागृति ल्याउनुहोस्, उनीहरूलाई आत्मिक रूपमा बलियो बनाउनुहोस्, र मण्डलीको भावी नेतृत्वका लागि प्रयोग गर्नुहोस् भन्ने हाम्रो प्रार्थना थियो ।
परमेश्वरले हाम्रो निरन्तर प्रार्थनालाई सुनिदिनुभयो । उहाँले आफ्ना विश्वासयोग्य सेवकहरूलाई उठाउनुभयो, जसले युवाहरूका लागि हृदयमा बोझ राखे । ती सेवकहरूको अगुवाइमा, “युवा सेवा” सुरु गरियो । आरम्भमा केही गनिने सक्ने युवाहरू मात्र सहभागी थिए, तर ती युवाहरू आत्मिक रूपमा प्रतिबद्ध, सेवामा समर्पित र अनुशासित थिए ।
सेवाको सुरुवात सानो मात्रामा भए पनि परमेश्वरको महान योजना थियो । उहाँले एकपछि अर्को गर्दै युवाहरूलाई मण्डलीमा थप्नुभयो, उनीहरूलाई प्रशिक्षण दिनुभयो, आत्मिक रूपमा बलियो बनाउनु भयो र सेवामा जिम्मेवारीसमेत दिनुभयो ।
आज युथ मिनिस्ट्री मण्डलीको एक अभिन्न हिस्सा बनिसकेको छ । यस सेवामार्फत नियमित प्रार्थना, आत्मिक शिक्षा, लिडरशिप प्रशिक्षण, संगति कार्यक्रम, फेलोसिप भ्रमण, र मण्डलीभित्रका अन्य सेवा कार्यहरूमा युवाहरूको सक्रिय सहभागिता देख्न पाइन्छ ।
यो सम्पूर्ण यात्रा परमेश्वरको अनुग्रह, उहाँको योजना र सेवकहरूको निरन्तर प्रार्थना, समर्पण र विश्वासको फलस्वरूप सम्भव भएको हो । “युवा सेवा” को विकास आजको मण्डलीको भविष्यको लागि एक बलियो आधार र प्रेरणा बनेको छ ।
जवान संगतिको दर्शन र स्थापना यात्रा:
परमेश्वरले डिकन सन्तोष सुब्बालाई विशेष दर्शन दिनुभयो — जुन दर्शन थियो जवानहरूलाई आत्मिक रूपमा तयार पार्ने, प्रशिक्षण दिने, नेतृत्वमा उभ्याउने, र उनीहरूलाई मण्डलीको अभिन्न हिस्सा बनाउने र प्रभुको राज्यको निम्ति उपयोगी बनाउने थियो । यस दर्शन अनुसार, उहाँले धेरै समय गम्भीरताका साथ प्रार्थनामा समय बिताउनुभयो । त्यही बीचमा मुख्य अगुवा श्याम श्रेष्ठको जीवनमा पनि परमेश्वरले उस्तै दर्शन राखिदिनुभयो । यी दुई परमेश्वरका सेवकहरूको एउटै प्रकारको दर्शन र बोझ प्रकट भयो । त्यसलाई परमेश्वरको पुष्टिको रूपमा स्वीकार गर्दै र डिकन सन्तोष सुब्बाको लामो समयको प्रार्थनाको उत्तर पाएको थाहा गरी प्रार्थनासहित जवान संगति सुरु भयो ।
स्थापना मिति: 2016 फेब्रुअरी 27 (2072 फागुन 15)
यस दिनदेखि नव जागृति जवान संगति (NRNC Youth in Ministry) आधिकारिक रूपमा सुरु भयो।
सुरुवातको दिन
पास्टर, एल्डर, डिकन र अन्य अगुवाजनहरूको उपस्थितिमा पास्टर D.M. Rai द्वारा प्रार्थना गरी संगति सुरु भयो र पास्टर शुनिल थापाले विलाप 3:27 बाट प्रेरणादायी वचन बाँड्नुभएको थियो।
“आफ्नो युवावस्थामै जुवा बोक्नु मानिसलाई असल हुन्छ।”
यस पदको सार: जवान अवस्थामै जवानहरूले मण्डलीको (ख्रीष्टको) निम्ति बोझ उठाउने समय हो । यही समयमा परमेश्वरका कामहरू सिक्न र गर्नुपर्छ ।
समूहमा विभाजन र मुख्य अगुवाहरूको अभिषेक
यस जवान संगतिमा जवानहरूको बाक्लो सहभागिता देखिएकाले, सबै जवानहरूलाई आत्मिक रूपमा सुदृढ पार्न र आवश्यकताहरू बुझ्न चार वटा समूहहरूमा विभाजन गरिएको थियो।
त्यसैले चार समूह गठन गरियो:
- Grace Group
- New Vision Group
- Salvation Group
- Revelation Group
उद्देश्य: हरेक समूहले आफ्ना सदस्यहरूको व्यक्तिगत, आत्मिक, र सामाजिक आवश्यकतामा गहिरो ध्यान दिने र उनीहरूको समस्याहरू, जिज्ञासा, व्यावहारिक शिक्षा, र आत्मिक जिज्ञासाहरूलाई समेट्ने थियो ।
मुख्य अगुवाहरूको पहिलो छनोट (प्रार्थनापछि अभिषेक)
प्रार्थनापूर्वक एक महिनाको समयपछि, हरेक समूहका लागि जिम्मेवार चार जना मुख्य अगुवाहरू छनोट गरियो, जसलाई पास्टरहरूद्वारा अभिषेक गरिएको थियो:
- Grace Group – विश्वम्बर नेपाली
- New Vision Group – रेनु राई
- Salvation Group – अन्जली तामाङ
- Revelation Group – सन्ध्या लिम्बु
सह-लिडरहरूको छनोट (एक महिना पछि)
प्रत्येक समूहमा सह-लिडरहरू पनि छनोट गरिए, जसलाई पुनः पास्टरहरूद्वारा अभिषेक गरियो:
- Grace – अञ्जिता राई
- New Vision – प्रशान्त तामाङ
- Salvation – हेमन्त तामाङ
- Revelation – राजु तामाङ
यी अगुवाहरूलाई नेतृत्व र आत्मिक मार्गदर्शनमा थप सशक्त बनाउन, डिकन सन्तोष सुब्बा र अगुवा श्याम श्रेष्ठको नेतृत्वमा एक जवान अगुवा समूह बनाइयो । यसले निर्णय प्रक्रिया, तालिम, र समूह व्यवस्थापनलाई एकतामा बाँध्न मद्दत गर्यो ।
चेलापन तालिम
जवानहरू, मुख्य अगुवा र सह-लिडरहरूलाई आत्मिक रूपमा बढाउन र सेवाकार्यमा तयार गर्न सिनियर पास्टर सोम K.C. ले आठ महिना लामो चेलापन तालिम प्रदान गर्नुभयो।
यस तालिममा बाइबल अध्ययन, नेतृत्व गुण, सेवाको जिम्मेवारी, प्रार्थना जीवन, र व्यावहारिक ख्रीष्टियन जीवनका साथै चेलापनका बारेमा सिकाइएको थियो।
NRNC जवान संगति निरन्तर रूपमा आशिषमय हुँदै परमेश्वरको काम गर्दै तीव्र रूपमा अघि बढ्दै गयो । हरेक जवानहरूको एकता, प्रेम, उत्साह र परमेश्वरप्रतिको लगाव देखेर जवान संगतिले जवानहरूलाई अझै परमेश्वरको राज्यको निम्ति बढ्न सकून्, आफ्ना समस्याहरू खुलस्त रूपमा अगाडि लिएर आउन सकून् भन्ने हेतुले परमेश्वरको प्रेरणामा पहिलो पटक सन् 2016 मा एकदिवसीय Youth Workshop आयोजना गर्यो, जुन अबुधाबीको रुचिरा रेस्टुरेन्टको बैंक्वेट हलमा सम्पन्न भएको थियो । यसमा सम्पूर्ण पास्टर, एल्डर र डिकनहरूको उपस्थिति थियो । कार्यक्रम आराधना, प्रार्थना र आत्मिक शिक्षाद्वारा सम्पन्न भएको थियो । त्यसपछि समूहगत छलफल आयोजना गरिएको थियो, जसमा जवानहरूले आफ्ना प्रश्न, जिज्ञासा र जीवनसँग सम्बन्धित विषयहरू खुला रूपमा राख्न पाए । यसले जवानहरूको आत्मिक, व्यक्तिगत र सामाजिक विकासमा सकारात्मक प्रभाव पार्यो ।
त्यसैगरी सन् 2018 र 2019 मा Worship Feast कार्यक्रम गरिएको थियो । यो विशेषगरी जवानहरूको आराधनात्मक जीवन र आत्मिक एकतालाई लक्ष्य गर्दै दुई पटक आयोजना गरिएको थियो । यो आराधना र प्रार्थनाको विशेष अवसर थियो, जसले जवानहरूलाई आत्माको तृप्ति र परमेश्वरसँगको सम्बन्धमा अझ बलियो बनायो ।
त्यसैगरी सन् 2019 मा Christmas Cup – फुटबल प्रतियोगिता गरिएको थियो । यस प्रतियोगिताको अवसरमा NRNC जवान संगतिले एक प्रभावशाली कार्यक्रम गर्यो । यस प्रतियोगितालाई “Christmas Cup” नाम दिइएको थियो । यसले जवानहरूलाई शारीरिक तन्दुरुस्तीका साथै एकता, आत्मविश्वास र आपसी प्रेममा उभ्यायो । विजेता टोली New Vision Group रहेको थियो, जुन जवान समूहको सेवाको निरन्तरता र एकताको प्रतिफल थियो ।
यसैगरी सन् 2023 मा जवान संगतिले जवानहरूका लागि बाइबलीय हाजिरजवाफ प्रतियोगिता पनि गरेको थियो । यस कार्यक्रमले जवानहरूलाई परमेश्वरको वचन पढ्ने बानी बसाल्न र परमेश्वरसँगको सम्बन्ध अझै नजिक गराउन मद्दत गर्यो । जवान संगतिले जवानहरूलाई आत्मिक शिक्षा मात्र नभई व्यावहारिक शिक्षाहरू पनि प्रदान गर्दै आइरहेको छ ।
जस्तै:
- Personal Finance – जवान अवस्थामै आर्थिक व्यवस्थापनको ज्ञान।
- Relationship Goals & Marriage Preparation – परमेश्वरभक्त सम्बन्ध र विवाहको तयारी।
- Entrepreneurship Planning – उद्यमशीलता र योजना निर्माण।
- Responsibilities of Youth in Church – मण्डलीभित्र जवानको भूमिका र योगदान।
- Identifying and Avoiding Online Scams – डिजिटल युगमा सुरक्षित रहने दृष्टिकोण।
यी शिक्षाहरूले जवानहरूको व्यावहारिक जीवनमा आत्मिक जिम्मेवारीसहित अघि बढ्न ठूलो सहायता पुर्यायो ।
सेवामूलक गतिविधिहरू
NRNC जवान संगति केवल आराधना र भेटघाटमा सीमित नरही सामाजिक सेवामा पनि निकै सक्रिय रह्यो । केही प्रमुख सेवाहरू:
- नेपालका विकट स्थानहरूमा सुसमाचार प्रचार गर्ने दाजुभाइलाई आर्थिक सहयोग।
- कतारमा किड्नी समस्या भएका नेपालीलाई आर्थिक सहायता।
- UAE भित्र शारीरिक समस्यामा परेका दाजुभाइहरूलाई आर्थिक सहयोग।
नव जागृति नेपाली मण्डली अन्तर्गतको जवान संगति परमेश्वरको अद्भुत योजनाअनुसार अघि बढिरहँदा, सन् 2024 मा Faith Group र Glory Group गरी दुई नयाँ समूहहरू थप गरियो । फलस्वरूप हाल ६ वटा युवाहरूका समूहमा लगभग २०० भन्दा बढी जवान दाजुभाइ-दिदीबहिनीहरू जवान संगतिमा आबद्ध छन् ।
यो विस्तार जवानहरूको आत्मिक वृद्धि, सहभागिता र नेतृत्वको विकासलाई मध्यनजर गर्दै गरिएको थियो।
नयाँ समूहहरूको नेतृत्व
- Faith Group
- मुख्य अगुवा: अनु राई
- सह-लिडर: तिबेन्द्र मगर
- Glory Group
- मुख्य अगुवा: दीपक परियार
- सह-लिडर: ग्रिस्मा तामाङ (तत्कालीन)
- सह-लिडर: जस्मिन रुचाल (हाल)
नव जागृति नेपाली मण्डली अन्तर्गत शनिबारको नियमित जवान संगतिको सेवा अत्यन्त प्रभावकारी र आत्मिक रूपमा भरिपूर्ण हुँदै गएको छ । यस उत्साहजनक वातावरणले जवानहरूको मात्र सङ्ख्यात्मक वृद्धि नभई आत्मिक तिखार र नेतृत्व विकासको अवसरसमेत ल्याएको छ ।
साथै, सन् 2017 को जनवरीमा परमेश्वरको प्रेरणा र जवानहरूको छलफलबाट एउटा नयाँ अध्यायको सुरुवात भयो — सोमबारको जवान संगति।
🔹 सोमबारको जवान संगति सुरुको उद्देश्य र भावना 🔹
सोमबारको जवान संगति सुरु गर्नुको मुख्य उद्देश्य थियो:
- शनिबार भाग लिन नसक्ने जवान दाजुभाइ-दिदीबहिनीहरूलाई पनि आत्मिक संगति र सिकाइको अवसर दिनु।
- प्रभुमा गहिरिएर अघि बढ्न प्रोत्साहन गर्नु।
- नयाँ नेतृत्व तयार पार्नु।
- आत्मिक र प्रार्थनात्मक समय प्रदान गर्नु।
सन् 2017 मा जवानहरूको उत्साह र सहभागितालाई व्यवस्थापन गर्नका लागि सोमबारको संगति दुई समूहमा विभाजन गरिएको थियो:
- Army of God Group
जवानहरूलाई आत्मिक युद्धको तयारी, प्रभुको लागि निष्ठा, र प्रार्थनामा बलियो बनाउने उद्देश्यले यो नाम राखिएको थियो।
- Grace Group
परमेश्वरको अनुग्रहमा स्थिर रही, जीवनका सबै क्षेत्रमा अनुग्रह फैलाउने उद्देश्य राखिएको थियो।
प्रशिक्षण, अभ्यास, बाइबल अध्ययन, आत्मिक प्रश्नोत्तर लगायतका कार्यक्रमले यी समूहहरूलाई अझ बलियो बनायो।
🔹 COVID-19 को प्रभाव 🔹
सन् 2020 को COVID महामारीले सोमबारको जवान संगतिलाई प्रभावित बनायो । जम्मा हुने, प्रार्थना गर्ने, आत्मिक भेटघाट गर्ने यी कार्यक्रमहरू केही समयका लागि बन्द गर्नुपर्यो । तर प्रभु सधैं हाम्रो बीचमा काम गरिरहनुहुन्थ्यो । यस महामारीको समयमा पनि भाइबहिनीहरूको प्रार्थना जीवन, व्यक्तिगत बाइबल अध्ययन र अनलाइन भेटघाट समय-समयमा भइरह्यो ।
🔹 2024 मा पुनः जागरण 🔹
2024 अगस्टमा जवानहरूको आत्मिक सहभागिता पुनः बढ्न थाल्यो । त्यसैले सोमबारको संगति पनि पुनः सञ्चालन गरियो र नयाँ जोशका साथ दुई नयाँ समूहहरू बनाइए:
- Chosen Spirits
- मुख्य अगुवा: रजना सुब्बा
- सह-लिडर: सुदीप राई
- Circle of Hope
- मुख्य अगुवा: अस्मिता श्रेष्ठ
- सह-लिडर: दिपेन बि.के.
यी समूहहरूले सोमबारको जवान संगतिमा एउटा नयाँ जोश र आत्मिक कुराहरूको छलफल, बाइबल अध्ययनका साथै सामूहिक प्रार्थनाले अझै आत्मिक र प्रभावकारी बनाउँदै जवानहरूको माझमा बढेका छन्।
🔹 आराधना समूह (Worship Team) को गठन
जवानहरूको आत्मिक सेवा अझ गहिरो बनाउने उद्देश्यले Worship Team को आवश्यकता महसुस गरियो । प्रत्येक जवानको वरदानको प्रयोगका लागि Application Form खुला गरियो, Audition गरियो र योग्य जवानहरूलाई छनोट गरियो । पास्टरहरूद्वारा प्रार्थना र अभिषेक गरेर आराधना समूहको सेवा सुरु गरियो ।
हाल Worship Team मा सेवा गरिरहनु भएका सदस्यहरू:
- आमेन बि.के.
- सुजन राई
- सुनिता टुडु
- कञ्चन पुडासैनी
- जस्मिन रुचाल
- प्रकाश रायमाझी
- एस्थर तोलङ्गे
- सुजन परियार
- प्रतिमा खड्का
(हाल नभएकाहरू: प्रतीक नौबाग, सरिना राई)
🔹 नेतृत्व हस्तान्तरणको आवश्यकता र आत्मिक अर्थ
जवान संगतिको प्रारम्भिक चरणमा जब मुख्य अगुवाहरू उठाइएका थिए, तिनीहरू परमेश्वरको आह्वान र दृष्टिकोणमा चिनिएका थिए । तर समयसँगै जब धेरै लिडरहरू विदेशी काम वा अन्य सेवाका कारण परिवर्तन हुन थाले, नेतृत्वको निरन्तरता र स्थिरताका लागि नयाँ पुस्ता तयार गर्नु आवश्यक बन्यो ।
नेतृत्वको हस्तान्तरण कुनै प्रशासनिक प्रक्रिया मात्र होइन, त्यो एउटा Spiritual Inheritance हो — जसमा अगुवा पुस्ताले नयाँ पुस्तालाई अनुभव, सेवाको बोझ, अनुशासन र आत्मिक दृष्टिकोण सुम्पन्छ । (बाइबलबाट प्रेरणा: मोशा र यहोशू — गन्ती 27:18–23)
यही ढाँचामा, NRNC जवान संगतिमा पनि जब पुराना लिडरहरू अन्यत्र गए वा सेवाबाट विश्राम लिए, तब नयाँ पुस्तालाई प्रार्थना र अभिषेकद्वारा जिम्मेवारी हस्तान्तरण गरिएको छ ।
◾ 2019 मा पहिलो विधिवत् नेतृत्व अभिषेक
डिकन सन्तोष सुब्बाको आत्मिक निगरानीमा Youth Coordinator को रूपमा भाइ विश्वम्बर नेपालीलाई प्रार्थना, हात राख्ने र समुदायको साक्षीमा पास्टरहरूद्वारा अभिषेक गरिएको थियो । उहाँले सम्पूर्ण जवान लिडरहरूसँग मिलेर समन्वय, तालिम, कार्यक्रम योजना र युवाहरूलाई एक सूत्रमा बाँध्ने जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।
समूहगत नेतृत्व हस्तान्तरण र नामावली
Grace Group
मुख्य अगुवा:
- विश्वम्बर नेपाली → अमर तामाङ
सह-लिडरहरू:
- अञ्जिता राई → मरियम तामाङ → सुनिता गुरुङ → रुबिना ल्वागुन
New Vision Group
मुख्य अगुवा:
- रेनु राई → लक्ष्मी ठाकुरी → प्रकाश लिम्बु
सह-लिडरहरू:
- पावल → प्रशान्त तामाङ → सबिना बोहोरा → सरिना राई → एलिया मगर
Salvation Group
मुख्य अगुवा:
- अन्जली तामाङ → राजु तामाङ → प्रज्वल परियार
सह-लिडरहरू:
- हेमन्त तामाङ → एस्तर सुनुवार → दिवस राई → राधिका बराइली → मिङ्मा शेर्पा
Revelation Group
मुख्य अगुवा:
- सन्ध्या लिम्बु → एलिसा लगुन → जेम्स गुरुङ
सह-लिडरहरू:
- राजु तामाङ → रमेश तामाङ → किरण तिवारी → ग्रिस्मा तामाङ → अर्पना जैरु
Faith Group
मुख्य अगुवा:
- अनु राई
सह-लिडर:
- तिबेन्द्र मगर
Glory Group
मुख्य अगुवा:
- दीपक परियार
सह-लिडरहरू:
- ग्रिस्मा तामाङ → जस्मिन रुचाल
यी सबै नेतृत्वहरू प्रार्थना, अभिषेक र आत्मिक प्रशिक्षणपछि जिम्मेवारीमा प्रवेश गराइएका हुन्, जसले बाइबलको एलियाको हातले एलिशालाई चोलो ओढाइदिएको घटना (1 राजा 19:19) सँग गहिरो मेल खान्छ ।
NRNC जवान संगतिको आत्मिक उद्देश्य, नेतृत्व र सेवाको स्वरूप
“युवालाई उहाँको मार्गमा सिकाऊ, जब ऊ वृद्ध पनि हुनेछ, तब ऊ त्यसबाट बिराउनेछैन।” — हितोपदेश 22:6
NRNC (नव जागृति नेपाली चर्च) को जवान संगति 2016 सालदेखि आजसम्म निरन्तर आत्मिक जागरण, सेवामा सक्रियता र ख्रीष्टमा गहिरो सम्बन्धका लागि अगाडि बढिरहेको छ । यस यात्राको सुरुवातदेखि नै केही स्थायी र आत्मिक उद्देश्यहरू निर्धारण गरिएको थियो, जसले जवान संगतिको सम्पूर्ण गतिविधिलाई मार्गदर्शन गर्दै आएको छ।
🔹 जवान संगतिको स्थायी उद्देश्यहरू
- जवानहरूलाई वरदानअनुसारको सेवामा प्रोत्साहन गर्ने
परमेश्वरले हरेक जनालाई फरक-फरक वरदान दिनुभएको छ (रोमी 12:6)।
जवान संगतिको लक्ष्य भनेको प्रत्येक युवालाई आफ्नो आत्मिक, सांगीतिक, शैक्षिक, व्यवस्थापकीय अथवा अगुवाइका वरदानहरू पहिचान गर्न र तिनलाई सेवामा प्रयोग गर्न उत्प्रेरित गर्नु हो।
- भविष्यका मण्डली अगुवाहरू तयार पार्न सहयोग गर्ने
“र तिमीले जे कुरा मबाट सुनेका छौ, तिनलाई योग्य मानिसहरूलाई सुम्प।” (2 तिमोथी 2:2)
जवान संगति केवल अहिलेका लागि होइन, भविष्यका लागि मण्डलीका अगुवाहरू तयार गर्ने आत्मिक पाठशाला हो — जहाँ प्रशिक्षण, जिम्मेवारी र अनुशासन सिकाइन्छ।
- जवानहरूलाई ख्रीष्टियन व्यावहारिक शिक्षा प्रदान गर्ने
सिद्धान्त मात्र नभई व्यवहारमा ख्रीष्टका अनुयायी बन्ने सिकाउनु हाम्रो अर्को मुख्य उद्देश्य हो।
कथा, छलफल, बाइबल अध्ययन, कार्यशाला (Workshops) तथा जीवन उपयोगी विषयहरू (Finance, Relationship, Leadership) जस्ता कार्यक्रममार्फत व्यावहारिक ख्रीष्टियन जीवनशैली सिकाइन्छ।
- अन्तर-मण्डली जवान संगति गर्दै भाइचारा विस्तार गर्ने
अन्य मण्डलीसँग सहकार्य गर्दै, NRNC जवान संगतिले नियमित रूपमा NOCF Youth Conference, NOCF Football Tournament जस्ता माध्यमबाट एकता, प्रेम र ख्रीष्टिय भाइचारा फैलाउने कार्य गर्दै आएको छ।
- जवान दाजुभाइ-दिदीबहिनीहरूबीच आत्मिक सम्बन्ध गहिरो बनाउने
भाइबहिनीहरूको आत्मीयता, समझदारी र सहकार्य विकास गर्न हरेक दुई महिनामा अनौपचारिक भेटघाट, Game Fellowship, Retreat, Prayer Chain आदि कार्यक्रमहरू सञ्चालन गरिन्छ, जसले आपसी माया, विश्वास र आत्मिक सहायता बलियो बनाउँदै आएको छ।
🔹 जवान संगतिको हालको नेतृत्व संरचना (2025 अनुसार)
जवान संगतिको सेवा सुसंगठित र उत्तरदायी नेतृत्व संरचनाको माध्यमबाट अगाडि बढिरहेको छ।
◾ मुख्य आत्मिक अगुवाइ
- डिकन सन्तोष सुब्बा लिम्बु
(जवान सेवाको आत्मिक निगरानी र मार्गदर्शन)
◾ जवान संगति Coordinator
- विश्वम्बर नेपाली
(कार्यक्रम समन्वय, नेतृत्व विकास, समूह व्यवस्थापन)
◾ जवान समूहका हालका अगुवाहरू
|
सि. नं. |
समूहको नाम |
मुख्य अगुवाहरू |
सहायक अगुवाहरू |
|
1 |
Revelation |
जेम्स गुरुङ |
अर्पना जैरु |
|
2 |
Grace |
अमर तामाङ |
रुबिना ल्वागुन |
|
3 |
Salvation |
प्रज्वल परियार |
मिङ्मा तामाङ |
|
4 |
New Vision |
प्रकाश लिम्बु |
एलिया मगर |
|
5 |
Glory |
दीपक परियार |
जस्मिन रुचाल |
|
6 |
Faith |
अनु राई |
तिबेन्द्र मगर |
यी सबै लिडरहरू आत्मिक परिपक्वता, सेवाको बोझ, भाइचारा र शिक्षण क्षमताका आधारमा छनोट गरिएका हुन् । तिनीहरू समूहगत संगति, बाइबल अध्ययन, सेवा विभाजन आदि कार्यहरूमा अग्रणी भूमिका खेलिरहेका छन् ।
Worship Team मा सेवा गर्दै आउनुहुने
- आमेन बि.के.
- सुजन राई
- प्रकाश रायमाझी
- सुनिता टुडु
- कञ्चन पुडासैनी
- एस्थर तोलङ्गे
- जस्मिन रुचाल
- सुजन परियार
यी सदस्यहरूले केवल गीत गाउने मात्र होइन, आत्मिक आराधनामा नेतृत्व गर्ने, आराधनाको आत्मा फैलाउने, र युवाहरूलाई आराधनामा परमेश्वरसँग नजिकतामा लैजाने कार्य गरिरहेका छन्, जसमा बाइबलीय योग्यता (1 तिमोथी 3) अनुसार सेवा भइरहेको छ।
“हामी परमेश्वरका सहकर्मी हौं।” — 1 कोरिन्थी 3:9
NRNC जवान संगति एक दर्शन र प्रार्थनाबाट सुरु भएको आत्मिक यात्रा हो, जुन युवा पुस्तालाई सेवामा खटाउने उद्देश्यले स्थापना गरिएको थियो। यस संगतिले जवानहरूलाई आफ्नो वरदान पहिचान गर्न, आत्मिक रूपमा बलियो बन्न र भविष्यका अगुवाका रूपमा तयार हुन प्रेरित गर्दै आएको छ। नेतृत्व विकास, चेलापन शिक्षा, आराधना सेवामा सहभागिता, व्यावहारिक प्रशिक्षण र अन्तर-सम्बन्धमार्फत जवानहरू आत्मिक परिपक्वतातर्फ अघि बढिरहेका छन्।
समय, पुस्ता र चुनौतीहरू परिवर्तन भए तापनि जवान संगतिको उद्देश्य यथावत् छ — जवानहरूलाई ख्रीष्टमा अगाडि बढाउन र सेवामा समर्पित बनाउन।
हामी विश्वास गर्छौं, परमेश्वरको मार्गदर्शनमा यो संगति अझ धेरै आत्माहरूलाई आशिष दिने माध्यम बन्नेछ।
“परमेश्वरलाई महिमा होस्।
















