सबैभन्दा पहिले हामी हाम्रो महान परमेश्वरलाई धन्यवाद दिन्छौं, उहाँले अहिले पनि NRNC मण्डलीलाई आफ्नो महान योजनामा अगाडि बढाइरहनुभएको छ । सन् 2000 देखि हालसम्म, यस मण्डलीमा धेरैजसो असर (Usher) टिमहरूले समर्पित रूपमा सेवा गरेका छन् । तीमध्ये केही सदस्यहरू समयसँगै आ–आफ्नो देश फर्किसकेका छन् भने केही अझै पनि यही मण्डलीमा असर लिडर र असरको सेवाकार्यको रूपमा सक्रिय छन् ।

यस यात्रामा मण्डलीको हरेक सेवामा उहाँको अद्भुत सहायता निरन्तर अनुभव गरिरहेका छौं । NRNC को स्थापना भएदेखि अहिलेसम्म उहाँ मण्डलीको असर सेवालाई आफ्नो महिमाका लागि प्रयोग गरिरहनुभएको छ । सुरुदेखि नै मण्डलीमा प्रार्थनाको आत्मा बोकी, परमेश्वरको घरलाई व्यवस्थित, शान्त र स्वागतपूर्ण बनाउने कार्यमा निरन्तर मेहनत गर्दै आइरहेका छौं ।

असर टिमका सदस्यहरूले मण्डलीका हरेक आराधना र विशेष कार्यक्रमहरूमा आत्मिक र व्यावहारिक रूपमा पाहुनाको स्वागत, साप्ताहिक संगति व्यवस्थापन, भेटी सङ्कलन, वा आपतकालीन अवस्था सम्हाल्ने कार्य उच्च जिम्मेवारीका साथ सेवा सम्हाल्दै आएका छन् । असरहरूको निरन्तर प्रार्थना, कठिन परिश्रम, अनुशासन र व्यवस्थापनले मण्डलीलाई एक व्यवस्थित र प्रेममय वातावरणमा राख्न महत्वपूर्ण भूमिका खेलेको छ ।

हामी ती सबै असर सदस्यहरूप्रति आभार प्रकट गर्दछौं जसले विगतदेखि वर्तमानसम्म यो मण्डलीमा प्रभुको सेवाको निम्ति आफ्नो समय, शक्ति र प्रार्थना गर्दै आउनुभएको छ । उहाँहरूले बोकेको सेवा भाव आज पनि मण्डलीका नयाँ सदस्यहरूको लागि प्रेरणाको स्रोत बनेको छ ।

असर हुनु भनेको बाइबलीय सिद्धान्त र आत्मिक सेवकाइ दुवैमा आधारित, प्रभुबाट प्राप्त उच्च बोलावट हो । यो सेवा मण्डलीका हरेक जनाप्रति समर्पित आतिथ्य सत्कार, व्यवस्थापन र हेरचाहमा केन्द्रित हुन्छ । एक असल प्रभुको सेवक इमानदार र सहयोगी मात्र होइन, तर येशूको प्रेम, दया र उहाँको हृदयलाई प्रतिनिधित्व गर्दै पवित्र स्थानमा सेवा गर्ने हो । भजनसंग्रह 84:10 अनुसार, परमेश्वरको घरमा ढोकेबाहकको नम्र स्थान पनि उहाँको दृष्टिमा उच्च सम्मानको स्थान हो ।

बाइबलमा असर सेवाको इतिहास पुरानो नियमदेखि नै पाइन्छ । 2 राजा 22:4 र 1 इतिहास 9:11, 22–27 मा मन्दिरका ढोकेहरू, द्वारपालहरूको नियुक्ति आराधनाको कार्य सुरक्षित राख्न गरिन्थ्यो । भजनसंग्रह 84:10 भन्छ,

“दुष्टहरूको पालमा बस्नुभन्दा मेरो परमेश्वरको घरमा द्वारपाल हुन चाहन्छु।”

त्यो समयका द्वारपालहरू लेवी जातिका थिए, जसले मन्दिरका प्रवेशद्वारहरूको सुरक्षा तथा आराधकहरूको सेवा र व्यवस्थापनको काम गर्थे । उनीहरूको सेवा पवित्र र व्यावहारिक दुवै स्वरूपको थियो, जसले आजको असर सेवाको जग बसालेको छ ।

आज असर सेवा भन्नाले त्यो कार्यलाई बुझिन्छ जसले मण्डलीका प्रत्येक क्षेत्रमा प्रेम र दयाका साथ स्वागतकर्ता, मार्गदर्शक र हेरचाहकर्ताको रूपमा काम गर्छ । असरहरू मण्डली प्रवेश गर्ने मानिसहरूका लागि सम्पर्कको पहिलो बिन्दु बन्ने गर्छन् । उनीहरू बसाइ व्यवस्थापन, भेटी सङ्कलन, न्यानो स्वागत र सम्पूर्ण व्यवस्थापनमा संलग्न छन् । उनीहरू परमेश्वरको घरमा चुनिएका राजदूत हुन् ।

असरहरूको जिम्मेवारीहरू

असरहरूको जिम्मेवारी धेरै छन्:

  • नयाँ आगन्तुकलाई स्वागत गर्ने
  • बस्नमा सहयोग गर्ने
  • सेवा व्यवस्थापनमा साथ दिने
  • मण्डलीका सामग्रीहरू वितरण गर्ने
  • भेटीमा सहायता गर्ने
  • आपतकालीन अवस्थाहरूमा तयार रहने
  • आराधनाका लागि शान्त वातावरण तयार पार्ने

असर हुनु केवल कार्य होइन, यो परमेश्वरप्रतिको समर्पण र सेवा हो ।

असरहरूको अर्को महत्वपूर्ण सेवा यातायात व्यवस्थापन पनि हो । साप्ताहिक सेवा वा विशेष कार्यक्रममा सदस्यहरूलाई सुरक्षित रूपमा सभा स्थल ल्याउने र घर फर्काउने कार्यमा असरहरू खटिन्छन् । उनीहरू सवारी साधन व्यवस्थापन र दिशा निर्देशनमा पनि सक्रिय हुन्छन् ।

त्यस्तै, आपतकालीन अवस्थामा — स्वास्थ्य समस्या वा अन्य आवश्यकतामा — तत्पर सहयोग र व्यावहारिक समाधान दिन असरहरू तयार हुन्छन् ।

खाना सेवा व्यवस्थापनमा पनि असरहरूको सक्रियता देखिन्छ । सभा पछिको खानामा पाहुनालाई पंक्तिबद्ध गराउने, खाना वितरण सहजकरण गर्ने, सरसफाइको ध्यान राख्ने, र सम्पूर्ण प्रक्रिया व्यवस्थित बनाउने काम उनीहरू गरिरहेका छन् ।

उनीहरूको सेवा स्टेजको चमकदमकभन्दा परको, तर आध्यात्मिक रूपमा महत्वपूर्ण सेवा हो ।

हामी कसरी असल सेवक बन्न सक्छौं?

प्रभुको दया, प्रेम, नम्रता र आत्मिक जागरूकताका साथ सेवा गर्नुपर्छ । असल असरका गुणहरूमा समयनिष्ठता, विश्वास, प्रेम, दया, जागरूकता, जोश र अगुवाप्रतिको समर्पण हुनु आवश्यक छ ।

येशूले मर्कूस 10:45 मा भन्नुभयो:

“मानिसको पुत्र सेवा लिन होइन, सेवा गर्न आएको हो।”

असरहरूले यही सेवाको भावनालाई व्यवहारमा उतारिरहेका छन् ।

आज पनि परमेश्वरले NRNC मण्डली र असरका सदस्यहरूलाई आफ्नो सेवाको कार्यमा प्रयोग गरिरहनुभएको छ ।

हाल NRNC मण्डलीमा:

  • एल्डर रत्न महतारा
  • डि. चन्द्र गिरी
  • डि. करण पुन
  • डि. तेन्जेङ शेर्पा

असर Leadership सेवामा आबद्ध हुनुहुन्छ ।

NRNC मण्डलीमा शनिबार, आइतबार र सोमबार गरी हप्तामा तीनवटा आराधना संगति नियमित रूपमा सञ्चालन भइरहेका छन् । ती तीनवटै संगतिका लागि हाल ४३ जना असर सदस्यहरू सक्रिय रूपमा सेवा गरिरहनुभएको छ ।

यस २५औँ रजत जयन्तीको अवसरमा हामी NRNC मण्डलीका सबै असर सदस्यहरूको तर्फबाट सम्पूर्ण मण्डली परिवारलाई बधाई र शुभकामना दिन्छौं । प्रभुले सबैलाई अझ ठूलो आशिष दिइरहनुभएको होस् ।

NRNC असर सेवाका केही झलकहरू

1. यातायात व्यवस्थापन

हाल NRNC मण्डलीका Saturday, Sunday, Monday सबै आराधना संगति गरेर जम्मा ८ वटा बस४ वटा भ्यान सञ्चालनमा छन् ।

निम्न क्षेत्रहरूबाट यातायात सञ्चालनमा छन्:

स्थानबस/भ्यान संख्या
अबु धाबी सिटी२ वटा बस
सविया सिटी / MBZ सिटी१ बस, १ भ्यान
आइकाड मुसाफा१ बस
खलिफा सिटी१ बस
चाइना क्याम्प र अल राइस क्याम्प१ बस
सलाम सिटी१ भ्यान
बनियास, सकबुत सिटी र रियाद सिटी१ बस