Youth Ministry

नव जागृति नेपाली मण्डलि जवान सङ्गति – इतिहास र विकासक्रम


१. नव जागृति नेपाली मण्डलीको स्थापना (२००१)
 
सन् २००१ मा, परमेश्वरको अनुग्रहले नव जागृति नेपाली मण्डली (New Revival Nepali Church) को स्थापना भयो।
यस मण्डलीको प्रमुख उद्देश्य भनेको वैदेशिक भूमिमा रहेर पनि नेपाली भाषी  विश्वासीहरूलाई नियमित रुपमा आत्मिक सँगती प्रदान गर्नु हो ।
 
वैदेशिक कार्यको जीवन व्यस्त र चुनौतीपूर्ण हुन्छ — कहिलेकाहीं कार्य समय, भाषा, वा स्थानका कारण उनीहरू आत्मिक संगतिबाट टाढा हुन सक्छन् । त्यसैले, नव जागृति मण्डलीले हरेक हप्ता तीन दिन — शनिवार, आइतवार र सोमबार गरी सेवा सुरु गर्‍यो ।
उद्देश्य:    नेपाली विश्वासीलाई आफ्नो काम र छुट्टीको समय अनुसार परमेश्वरसँग संगति गर्ने अवसर दिनु र कोही पनि आत्मिक संगतिबाट वञ्चित नहोस् भन्ने चाहना।
 
२. जवान सङ्गतिको दर्शन र स्थापनाः
 
परमेश्वरले डिकन सन्तोस सुब्बा लिम्बुलाई विशेष दर्शन दिनुभयो — जुन दर्शन थियो जवानहरूलाई आत्मिक रूपमा तयार पार्ने, प्रशिक्षण दिने, नेतृत्वमा उभ्याउने, र उनीहरूलाई मण्डलीको अभिन्न हिस्सा बनाउने र प्रभुको राज्यको निम्ति उपयोगी बनाउने थियो । यस दर्शन अनुसार, उहाँले धेरै समय गम्भिरताको साथ प्रार्थनामा समय बिताउनुभयो । त्यही बीचमा मुख्य अगुवा श्याम श्रेष्ठको जीवनमा पनि परमेश्वरले उस्तै दर्शन  राखिदिनुभयो । यी दुई परमेश्वर को सेवकहरुको एकै प्रकारको  दर्शन र बोझ प्रकाश भयो, त्यसलाई परमेश्वरको पुष्टि को रूपमा स्वीकार  गर्दै  र  डिकन सन्तोस सुब्बाको लामो समयको प्रार्थनाको उत्तर पाएको थाह गरि  प्रार्थना सहित जवान सङ्गति सुरुवात भयो ।
 
स्थापना मिति: २०१६ फेब्रुअरी २७ (२०७२ फागुन १५)
यस दिनदेखि नव जागृति जवान सङ्गति (NRNC Youth in Ministry) आधिकारिक रूपमा सुरु भयो ।
शुरुवातको दिन: 
पास्टर, एल्डर, डिकन र अन्य अगुवाजनहरुको उपस्थिमा पास्टर B.M. Rai द्वारा प्रार्थना गरि सङ्गती सुरुवात भयो र  पास्टर शुनिल थापा ले “विलाप ३:२७” बाट प्रेरणादायी बचन बाड्नुभएको थियो ।
“आफ्‍नो युवावस्‍थामा नै जुवा बोक्‍नु मानिसलाई असल हुन्‍छ।”
 
यस पदको सार: जवान अवस्था मै जवानहरुले मण्डलिको (ख्रीष्टको) निम्ति बोझ उठाउने समय हो यसै समयमा परमेश्वरका कामहरू सिक्न र गर्नुपर्छ ।

youth (8)

समूहमा विभाजन र मुख्य अगुवाहरूको अभिषेक:
यस जवान सङ्गतिमा जवानहरूको बाक्लो सहभागिता देखिएकोले, सबै जवानहरुलाई आत्मिक रूपमा सुदृढ पार्न र आवश्यकताहरू बुझ्न चार वटा समूहहरूमा विभाजन गरिएको थियो:
त्यसैले चार समूह गठन गरियो: 

Grace Group   
New Vision Group   
Salvation Group   
Revelation Group

उद्देश्य: हरेक समूहले आफ्ना सदस्यहरूको व्यक्तिगत, आत्मिक, र सामाजिक आवश्यकतामा गहिरो ध्यान दिने र उनिहरुको समस्याहरू, जिज्ञासा, व्यवाहरिक शिक्षा , र आत्मिक जिज्ञासाहरुलाई समेट्नु थियो ।
 
मुख्य अगुवाहरूको पहिलो चयन (प्रार्थनापछि अभिषेक):
प्रार्थनापूर्वक एक महिनाको समयपछि, हरेक समूहका लागि जिम्मेवार चार जना मुख्य अगुवाहरू चयन गरियो, जसलाई पास्टरहरूद्वारा अभिषेक गरिएको थियो:
Grace Group     –           बिशोम्बर नेपाली     
New Vision       –           रेनु राई
Salvation           –           अन्जली तामाङ          
Revelation        –           सन्ध्या लिम्बू
 
सह-लिडरहरूको चयन (एक महिना पछि): प्रत्येक समूहमा सह-लिडरहरू पनि चयन गरिए, जसलाई पुनः पास्टरहरूद्वारा अभिषेक गरियो:
Grace               –           अन्जिता राई
New Vision       –           प्रशान्त तामाङ 
Salvation          –           हेमन्त तामाङ
Revelation        –           राजु तामाङ
 
यी अगुवाहरूलाई नेतृत्व र आत्मिक मार्गदर्शनमा थप सशक्त बनाउन, डिकन सन्तोस सुब्बा र अगुवा श्याम श्रेष्ठको नेतृत्वमा एक जवान अगुवा समूह बनियो र यसले निर्णय प्रक्रिया, तालिम, र समूह व्यवस्थापनलाई एकतामा बाँध्न मद्दत गर्‍यो ।
 
आत्मिक प्रशिक्षण (Discipleship Training):
जवानहरू मुख्य अगुवा र सह लिडरहरुलाई आत्मिक रूपमा बढाउन र सेवाकाईमा तयार गर्न सिनियर पास्टर सोम के. सी. ले आठ महिना लामो चेलापन तालिम प्रदान गर्नुभयो।
यस तालिममा बाइबल अध्ययन, नेतृत्व गुण, सेवाको जिम्मेवारी, प्रार्थना जीवन, र व्यवहारिक ख्रीष्टियन जीवनको र चेलापन को बारेमा सिकाइएको थियो।

youth (12)

NRNC जवान सङ्गती निरन्तर रुपमा आशिषमय हुदै परमेश्वरको काम गर्दै तिब्र रुपमा अगि  बढ्दै गयो र हरेक…

NRNC जवान सङ्गती निरन्तर रुपमा आशिषमय हुदै परमेश्वरको काम गर्दै तिब्र रुपमा अगि  बढ्दै गयो र हरेक जवानहरुको एकता, प्रेम, उत्साह र परमेश्वर प्रतिको लगाव देखेर जवान सङ्गतिले जवानहरुलाई अझै परमेश्वरको राज्यको निम्ति बड्न सकुन आफ्नो समस्याहरु खुलस्त रुपमा अगाडि लिएर आउन सकुन भन्ने हेतुले परमेश्वरको प्रेरणामा, पहिलो पटक सन् २०१६ मा एक दिवसीय “Youth Workshop” आयोजना गर्‍यो जुन अबुधाबीको रुचिरा रेष्टुरेण्टको ब्याङकेट हलमा सम्पन्न भएको थियो । यसमा सम्पूर्ण पास्टर, एल्डर र डिकनहरूको उपस्थिति थियो । कार्यक्रम आराधना, प्रार्थना, आत्मिक शिक्षाद्वारा सम्पन्न भएको थियो । त्यसपछि समुहगत छलफल आयोजना गरिएको थियो जसमा जवानहरुले आफ्ना प्रश्न, जिज्ञासा र जीवनसँग सम्बन्धित विषयहरू खुला रूपमा राख्न पाए । यसले जवानहरुको आत्मिक, व्यक्तिगत र सामाजिक विकासमा सकारात्मक प्रभाव पार्‍यो ।
 
त्यसै गरि सन् २०१८,२०१९ मा Worship Feast कार्यक्रम गरेको थियो र यो विशेषगरि गर्नुको उद्देश्य जवानहरूको आराधनात्मक जीवन र आत्मिक एकतालाई लक्ष्य गर्दै दुई पटक गरिएको थियो । यो आराधना र प्रार्थनाको विशेष अवसर थियो जसले जवानहरुलाई आत्माको तृप्ति र परमेश्वरसंगको सम्बन्धमा अझ बलियो बनायो ।
त्यसै गरि सन् २०१९ मा Christmas Cup – फुटबल प्रतियोगिता गरेको थियो यो प्रतियोगिता क्रिसमसको अवसरमा, NRNC जवान सङ्गतिले एउटा प्रभावशाली कार्यक्रम गर्‍यो यस प्रतियोगितालाई “Christmas Cup” नाम दिइएको थियो। यसले जवानहरूलाई शारीरिक तन्दुरुस्तीका साथै, एकता, आत्मविश्वास र आपसी प्रेममा उभ्यायो। विजेता टोली New Vision Group रहेको थियो, जुन जवान समुहको सेवाको निरन्तरता र एकताको प्रतिफल थियो ।
यसै गरि सन् २०२३ मा जवान सङ्गतिले जवानहरुलाई बाइबलिय हाजिरिजवाफ प्रतियोगिता पनि गरेको थियो जुन कुराले जवानहरुलाई परमेश्वरको वचन पढ्न बानी बसाल्ने र परमेश्वरसङको सम्बन्ध अझै नजिक गराउन मद्दत गर्यो । र जवान सङ्गती ले जवानहरुलाई आत्मिक शिक्षा मात्र नभई ब्याबाहरिक शिक्षाहरु पनि प्रदान गर्दै आइरहेको छ ।
जस्तैः
Personal Finance – जवान अवस्थामै आर्थिक व्यवस्थापनको ज्ञान ।
Relationship Goals & Marriage Preparation – परमेश्वरभक्ति सम्बन्ध र विवाहको तयारी।
Entrepreneurship Planning – उद्यमशीलता र योजना निर्माण ।
Responsibilities of Youth in Church – मण्डलीभित्र जवानको भूमिका र योगदान।
Identifying and Avoiding Online Scams – डिजिटल युगमा सुरक्षित रहने दृष्टिकोण।
यी शिक्षाहरुले जवानहरूको व्यवहारिक जीवनमा आत्मिक जिम्मेवारीसहित अघि बढ्न ठूलो सहायता भयो ।

सेवामूलक गतिविधिहरू:


NRNC जवान सङ्गति केवल आराधना र भेटघाटमा सीमित नरहेर, सामाजिक सेवामा पनि निकै सक्रिय रह्यो। केही प्रमुख सेवाहरू:

            •           नेपालका विकट स्थानहरूमा सुसमाचार प्रचार गर्ने दाजुभाइलाई आर्थिक सहयोग।
            •           कतारमा किड्नी समस्या भएका नेपालीलाई आर्थिक सहायता।
            •           UAE भित्र शारीरिक समस्यामा परेका दाजुभाइहरुलाई आर्थिक सहयोग।
नव जागृति नेपाली मण्डली अन्तर्गतको जवान सङ्गति परमेश्वरको अद्भुत योजनाअनुसार अघि बढिरहँदा, सन् २०२४ मा Faith Group र Glory Group गरी दुई नयाँ समूहहरू थप गरियो फलस्वरूप हाल ६ वटा युवाहरूको समुहमा लगभग २०० भन्दा बढी जवान दाजुभाइ दिदिबहिनीहरू जवानहरूको सँगतीमा आबद्ध छन् ।
यो विस्तार जवानहरूको आत्मिक बृद्धि, सहभागिता, र नेतृत्वको विकासलाई मध्यनजर गर्दै गरिएको थियो ।
Faith Group की मुख्य अगुवा: अनु राई र सह-लिडर: तिबेन्द्र मगर हुनुहुन्छ भने
Glory Group मुख्य अगुवा: दिपक परियार , सह-लिडर: ग्रीस्मा तामाङ्ग (तत्कालीन), जसमिन रूचाल (हाल) हुनुहुन्छ ।
नव जागृति नेपाली मण्डली अन्तर्गत शनिबारको नियमित जवान सङ्गतिको सेवा एकदमै प्रभावकारी र आत्मिक रुपमा भरिपूर्ण हुँदै गएको छ । यस उत्साहजनक वातावरणले जवानहरूको मात्र संख्यात्मक वृद्धि नभई आत्मिक तिर्खा र नेतृत्व विकासको अवसर समेत ल्याएको छ ।
साथै, सन् २०१७ को जनवरी मा परमेश्वरको प्रेरणा र जवानहरूको छलफलबाट एउटा नयाँ अध्यायको सुरुवात भयो सोमबार को जवान सङ्गती ।
सोमबारको जवान सङ्गति सुरुको उद्देश्य र भावना
सोमबारको जवान सङ्गति सुरू गर्नुको मुख्य उद्देश्य थियो ।
 शनिबार भाग लिन नसक्ने जवान दाजुभाइ दिदिबहिनीहरूलाई पनि आत्मिक संगति र सिकाइको अवसर दिनु, प्रभुमा गहिरिएर अघि बढ्न प्रोत्साहन गर्नु,
नयाँ नेतृत्व तयार पार्ने, आत्मिक र प्रार्थनात्मक समय प्रदान गर्नु।
सन् २०१७ मा जवानहरूको उत्साह र सहभागितालाई व्यवस्थापन गर्नको लागि सोमबारको सङ्गति दुई समूहमा विभाजन गरियो:
1.   Army of God Group: जवानहरूलाई आत्मिक युद्धको तयारी, प्रभुको लागि निष्ठा, र प्रार्थनामा बलियो बनाउने उद्देश्यले यो नाम राखिएको थियो।
      2.    Grace Group: परमेश्वरको अनुग्रहमा स्थिर रही, जीवनका सबै क्षेत्रमा अनुग्रह फैलाउने उद्देश्य राखियो।
प्रशिक्षण, अभ्यास, बाइबल अध्ययन, आत्मिक प्रश्नोत्तर लगायतका कार्यक्रमले यी समूहहरूलाई अझ बलियो बनायो।
COVID-19 को प्रभाव २०२० को COVID महामारीले सोमबारको जवान सङ्गति प्रभावित बनायो। जम्मा हुने, प्रार्थना गर्ने, आत्मिक भेटघाट गर्ने यी कार्यक्रमहरू केही समयका लागि बन्द गर्नुपर्‍यो तर प्रभु सधै हामी बिच काम गरिरहनुहुन्छ — यस महामारीको समयमा पनि भाइबहिनीहरूको प्रार्थना जीवन, व्यक्तिगत बाइबल अध्ययन र अनलाइन भेटघाट भने समय समयमा भैईरह्यो
  २०२४ मा पुनः जागरण
२०२४ अगस्ट मा, जवानहरूको आत्मिक सहभागिता पुन बढ्न थाल्यो । त्यसैले सोमबारको सङ्गति पनि पुनः सञ्चालन गरियो र नयाँ जोशका साथ दुई नयाँ समूहहरू बनियो ।
Chosen Spirits:
मुख्य अगुवा: –                  रजना सुब्बा
सह-लिडर:-          सुदीप राई हुनुहुन्छ ।
Circle of Hope
मुख्य अगुवा: –                  अस्मिता श्रेष्ठ
सह-लिडर: –         दिपेन बि.क हुनुहुन्छ।
यी समूहहरूले सोमबारको जवान सङ्गतिमा एउटा नयाँ जोश र आत्मिक कुराहरुको छलफल, बाइबल अध्यनको साथै र सामूहिक प्रार्थनाले अझै आत्मिक र प्रभावकारी  बनाउदै जवानहरूको माझमा बढेको छ।

youth (6)
youth (2)

आराधना समुह (Worship Team) को गठन

जवानहरूको आत्मिक सेवा अझ गहिरो बनाउने उद्देश्यले Worship Team को आवश्यकता महसुस गरियो। प्रत्येक जवानको वरदानको प्रयोगका लागि Application Form खुला गरियो, Audition गरियो र योग्य जवानहरूलाई चयन गरियो । पास्टरहरूद्वारा प्रार्थना र अभिषेक गरेर आराधना समूहको सेवा सुरु गरियो। हाल Worship Team मा सेवा गरिरहनु भएका सदस्यहरू:


आमेन बि.के , सुजन राई,  सुनिता तुडु,  कञ्चन पुडासैनि, जसमिन रूचाल,  प्रकाश रायमाझी, एस्थर तोलङ्गे,  सुजन परियार, प्रतिमा खड्का । (हाल नहुनुभएकाहरु प्रतीक नौबाग , सरिना राई )
🔹 नेतृत्व हस्तान्तरणको आवश्यकता र आत्मिक अर्थ
जवान सङ्गतिको प्रारम्भिक चरणमा जब मुख्य अगुवाहरू उठाइएका थिए, तिनीहरू परमेश्वरको आह्वान र द्रष्टाको नजरमा चिनिएका थिए । तर समयसँगै जब धेरै लिडरहरू विदेशी काम, वा अन्य सेवाका कारण परिवर्तन हुन थाले, नेतृत्वको निरन्तरता र स्थिरताको लागि नयाँ पुस्ता तयार गर्नु आवश्यक बन्यो। नेतृत्वको हस्तान्तरण कुनै प्रशासनिक प्रक्रिया मात्र होइन, त्यो एक आत्मिक उत्तराधिकार (Spiritual Inheritance) हो – जसमा अगुवा पुस्ताले नयाँ पुस्तालाई अनुभव, सेवाको बोझ, अनुशासन र आत्मिक दृष्टिकोण सुम्पिन्छ (बाइबलबाट प्रेरणा: मोशा र यहोशू (गन्ति 27:18-23) । यही ढाँचामा, NRNC जवान सङ्गतिमा पनि जब पुराना लिडरहरू अन्यत्र गएका वा सेवा बाट विश्राम लिए, तब नयाँ पुस्तालाई प्रार्थना र अभिषेकद्वारा जिम्मेवारी हस्तान्तरण गरिएको छ ।
◾ २०१९ मा पहिलो विधिवत नेतृत्व अभिषेक:
            डिकन सन्तोष सुब्बा को आत्मिक निगरानीमा Youth Coordinator को रूपमा भाइ विशोम्बर नेपाली लाई प्रार्थना, हात राख्ने र समुदायको साक्षीमा पास्टरहरुध्दारा अभिषेक गरियो । उहाँले समुर्ण जवान लिडरहरुसङ्ग मिलेर समन्वय, तालिम, कार्यक्रम योजना र युवाहरूलाई एक सुत्रमा बाध्ने जिम्मेवारी सम्हाल्दै आउनु भएको छ ।
समुहगत नेतृत्व हस्तान्तरण र नामावली
Grace Group  
मुख्य अगुवा: विशोम्बर नेपाली >> अमर तामाङ्ग
सह-लिडरहरू: अन्जिता राई >> मरियम तामाङ्ग >> सुनिता गुरुङ्ग >> रुबिना ल्वागुन
 New Vision Group:
•           मुख्य अगुवा:        रेनु राई >> लक्ष्मी ठकुरी >> प्रकाश लिम्बु
सह-लिडर:पावल >> प्रशान्त तामाङ्ग >> सबिना बोहोरा >> सरिना राई >> एलिया मगर
 Salvation Group:
मुख्य अगुवा:अन्जली तामाङ्ग >> राजु तामाङ्ग >> प्रज्वल परियार
सह-लिडर: हेमन्त तामाङ्ग >> एस्तर सुनुवार >> दिवस राई >> राधिका बराईलि >> मिङ्मा शेर्पा
Revelation Group:
मुख्य अगुवा: सन्ध्या लिम्बू >> एलिसा लगुन >> जेम्स गुरुङ्ग
सह-लिडर:राजु तामाङ्ग >> रमेश तामाङ्ग >> किरन तिवारी >> ग्रीस्मा तामाङ्ग >> अरपन जैरु
Faitha Group :
मुख्य अगुवा: अनु राई
सह लिडर: तिबेन्द्र मगर
Glory Group :
मुख्य अगुवा : दिपक परियार
सह लिडर: ग्रीस्मा तामाङ्ग >> जसमिन रूचाल
यी सबै नेतृत्वहरू प्रार्थना, अभिषेक र आत्मिक प्रशिक्षणपछि जिम्मेवारीमा प्रवेश गराइएको हो, जसले बाइबलको एलियाको हातले एलिशालाई चोलो ओढाइदिएको घटना (१ राजाहरू १९:१९) सँग गहिरो मेल खान्छ।
NRNC जवान सङ्गतिको आत्मिक उद्देश्य, नेतृत्व र सेवाको स्वरूप   
“युवाहरुलाई उहाँका मार्गमा सिकाऊ, जब ऊ बृद्ध पनि हुनेछ, त ऊ त्यसबाट बिराउनेछैन।” — हितोपदेश २२:६
NRNC (नव जागृति नेपाली चर्च) को जवान सङ्गति २०१६ सालदेखि आजसम्म निरन्तर आत्मिक जागरण, सेवामा सक्रियता, र ख्रीष्टमा गहिरो सम्बन्धको लागि अगाडि बढिरहेको छ । यस यात्रा सुरुवातदेखि नै केही स्थायी र आत्मिक उद्देश्यहरू निर्धारण गरिएको थियो, जसले जवान सङ्गतिको सम्पूर्ण गतिविधिलाई मार्गदर्शन गर्दै आएको छ।
🔹 जवान सङ्गतिको स्थायी उद्देश्यहरू;
१) जवानहरूको वरदान अनुसारको सेवामा प्रोत्साहन गर्ने
परमेश्वरले हरेक जनालाई फरक-फरक वरदान दिनुभएको छ (रोमी १२:६)।
जवान सङ्गति को लक्ष्य भनेको प्रत्येक युवालाई आफ्ना आत्मिक, सांगीतिक, शैक्षिक, व्यवस्थापकीय, अथवा अगुवाइ वरदानहरू पहिचान गर्न र तिनलाई सेवामा प्रयोग गर्न उत्प्रेरित गर्नु हो।
२) भविष्यका मण्डली अगुवाहरू तयार पार्न सहयोग गर्ने
“र तिमीले जे कुरा मबाट सुनेका छौ, तिनीहरू योग्य मानिसहरूलाई सुम्प” (२ तीमोथी २:२) ।
जवान सङ्गति, केवल अहिलेका लागि हैन, भविष्यका लागि मण्डलीका अगुवाहरू तयार गर्ने आत्मिक पाठशाला हो – जहाँ प्रशिक्षण, जिम्मेवारी र अनुशासन सिकाइन्छ।
३) जवानहरूलाई ख्रीष्टियन व्यावहारिक शिक्षा प्रदान गर्ने
सिद्धान्त मात्र नभई व्यवहारमा ख्रीष्टको अनुयायी बन्ने सिकाउने हाम्रो अर्को मुख्य उद्देश्य हो । कथा, छलफल, बाइबल अध्ययन, कार्यशाला (Workshops), जीवन उपयोगी विषयहरू (Finance, Relationship, Leadership) जस्ता कार्यक्रमहरू मार्फत व्यावहारिक ख्रीष्टियन जीवनशैली सिकाइन्छ।
४) अन्तर-मण्डली जवान सङ्गति गर्दै भाइचारा विस्तार गर्ने
अन्य मण्डलीसँग सहकार्य गर्दै, NRNC जवान सङ्गति नियमित रूपमा NOCF Youth Conference, NOCF football tournament   जस्ता माध्यमबाट एकता, प्रेम र ख्रीष्टीय भाइचारा फैलाउने कार्य गर्दै आएको छ।
५) जवान दाजुभाइ दिदीबहिनीहरू बिच आत्मिक सम्बन्ध गहिरो बनाउने
भाइबहिनीहरूको आत्मीयता, समझदारी र सहकार्य विकसित गर्न हरेक २ महिनामा अनौपचारिक भेटघाट, game fellowship, retreat, prayer chain आदि कार्यक्रमहरू सञ्चालन गरिन्छ, जसले आपसी माया, विश्वास र आत्मिक सहायता बलियो बनाउदै आईरहेको छ ।
🔹जवान सङ्गतिको हालको नेतृत्व संरचना (२०२५ अनुसार)
जवान सङ्गतिको सेवा सुसंगठित र उत्तरदायी नेतृत्व संरचनाको माध्यमबाट अगाडि बढिरहेको छ। यो नेतृत्व संरचना निम्न अनुसार छ:
◾ मुख्य आध्यात्मिक अगुवाइ:
            •           डिकन सन्तोस सुब्बा लिम्बु (जवान सेवाको आत्मिक निगरानी र मार्गदर्शन)
◾ जवान सङ्गति कोर्डिनेटर:
            •           विशोम्बर नेपाली (कार्यक्रम समन्वय, नेतृत्व विकास, समुह व्यवस्थापन)
◾ जवान समुहका हालका अगुवाहरू:
सि. नं.
समुहको नाम
मुख्य अगुवाहरू
सहायक अगुवाहरू
 
रिभलेसन्
जेम्स गुरुङ
अर्पना जैरू
 
ग्रेस
अमर तामाङ
रूबिना ल्वागुन
 
स्येलभेसन
प्रज्वल परियार
मिङ्मा तामाङ्
 
न्यू भिजन
प्रकाश लिम्बु
एलिया मगर
 
गोलोरी
दिपक परियार
जस्मिन रूचाल
 
फेथ
अनु राई
तिबेन्द्र मगर
यी सबै लिडरहरू आत्मिक परिपक्वता, सेवाको बोझ, भाइचारा र शिक्षण क्षमतामा आधारित भएर चयन गरिएका हुन् । तिनीहरू समुहगत सङ्गति, बाइबल अध्ययन, सेवा विभाजन आदि कार्यहरूमा अग्रणी भूमिका खेलिरहेका छन् ।
Worship Team मा सेवा गर्दै आउनुहुने:
            1.         आमेन बि.के, सुजन राई, प्रकाश रायमाझी, सुनिता टुडु, कञ्चन पुडासैनी, एस्थर तोलोङ्गे, जसमिन रुचाल, सुजन परियार ।
यी सदस्यहरूले केवल गीत गाउने हैन, आत्मिक आराधनामा नेतृत्व गर्ने, आराधनाको आत्मा फैलाउने, र युवाहरूलाई आराधनामा परमेश्वर सङ्ग नजिकतामा लैजाने  कार्य गरिरहेका  जसमा बाइबलीय योग्यता (1 तिमोथी 3) अनुसार छ ।
“हामी परमेश्वरका सहकर्मी हौं।” — १ कोरिन्थी ३:९
NRNC जवान सङ्गति एक दर्शन र प्रार्थनाबाट सुरु भएको आत्मिक यात्रा हो, जुन युवा पुस्तालाई सेवामा खटाउने उद्देश्यले स्थापना गरिएको थियो। यस सङ्गतिले जवानहरूलाई आफ्नो वरदान पहिचान गर्न, आत्मिक रूपमा बलियो बन्न र भविष्यका अगुवाका रूपमा तयार हुन प्रेरित गर्दै आएको छ। नेतृत्व विकास, चेलापन शिक्षा, आराधना सेवामा सहभागीता, व्यावहारिक प्रशिक्षण र अन्तर-संवादमार्फत जवानहरू आत्मिक परिपक्वता तर्फ अघि बढिरहेका छन्। समय, पुस्ता र चुनौतीहरू परिवर्तन भए तापनि जवान सङ्गतिको उद्देश्य यथावत् छ — जवानहरूलाई ख्रीष्टमा अगाडि बढाउन र सेवामा समर्पित बनाउने।
हामी विश्वास गर्छौं, परमेश्वरको मार्गदर्शनमा यो सङ्गति अझ धेरै आत्माहरूलाई आशिष दिने माध्यम बन्नेछ।
                          “परमेश्वरलाई महिमा होस्।”

Scroll to Top
New Revival Nepali Church